नियम २३
कोषको प्रयोग
(१) कोषमा जम्मा भएको रकमको व्याजबाट राष्ट्रिय खेलाडी तथा प्रशिक्षकको ' कल्याणकारी कार्यका लागि ऐनको दफा ५० को उपदफा (१) मा उल्लिखित कार्यका अतिरिक्त देहाय बमोजिमका कार्यमा प्रयोग गरिनेछ :-

(क) दुर्घटनामा परेका खेलाडी तथा प्रशिक्षकलाई सहयोग गर्न,

(ख) खेलाडी तथा प्रशिक्षकलाई कडा रोग लागेमा आर्थिक सहायता दिन। स्पष्टीकरण: यस खण्डको प्रयोजनको लागि "कडा रोग" भन्नाले मुटु रोग, मृगौला रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलेस एनिमिया रोगहरू सम्झनु पर्छ।

(२) उपनियम (१) बमोजिमको कार्यमा कोषको रकम प्रयोग गर्दा समितिले परिषद्ले बनाएको मापदण्ड बमोजिम गर्नेछ।